काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको निधन भएको छ।
पुरानो बानेश्वर निवासी कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए। उनको शनिबार बिहान सिभिल अस्पतालमा निधन भएको हो।
कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो। तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको थियो।
२०५४ सालमा वडा नं ३१ को वडा सदस्यमा निर्वाचित कोइराला गत स्थानीय तहको निर्वाचनमा पनि वडा सदस्यको प्रत्यासी थिए।
काठमाडौं क्षेत्र नं १ का सांसद एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोइरालाको निधनले अत्यन्त पीडा भएको बताएका छन्।
पार्टीले र वडाबासीले एक कर्मठ व्यक्ति गुमाउनु परेको उल्लेख गर्दै नेता सिंहले कोइरालाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
