अमेरिकामा बिरामीको उपचार गरिरहेका नेपाली डाक्टरको एक्कासी निधन

काठमाडौँ । अमेरिकामा ३३ वर्षका एक नेपाली डाक्टरको निधन भएको छ ।

अमेरिकाको न्यु योर्कस्थित रोचेष्टरको अस्पतालमा कार्यरत नेपाली डाक्टर रोशन झाको ३३ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको उनी कार्यरत अस्पतालका सहकर्मीहरुले गो फण्ड मिको अकाउन्टमा लेखेका छन्।

Advertisement

रेजिडेन्ट फिजिशियनका रुपमा कार्यरत डाक्टर रोशनकी श्रीमती डेन्टिस्ट बिषयको अध्ययन गर्दैछिन्।

निधन भएको दिनमा पनि बिरामीको उपचारमा खटिएका डाक्टर रोशनकी श्रीमती बिहानको खाना बनाएर उनलाई पर्खेर बसेकी थिइन्।

More News last news
Loading...