बानेश्वर-शान्तिनगरमा डरलाग्दो दुर्घटना : बस, टिपर र कार ठोक्किए

काठमाडौँ । काठमाडौँको नयाँबानेश्वर–शान्तिनगर खण्डमा बस, टिपर र कार आपसमा ठोक्किएका छन्।

गएराति भएको यो दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन्। गएराति करिब साढे १० बजे बा ७ च ८८१७ नम्बरको कार र बा ३ ख ७१५७ नम्बरको मिनी ट्रक बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ गइरहेका थिए।

Advertisement

बानेश्वर चोकबाट करिब २ सय मिटर टाढा शान्तिनगर नजिक ती गाडीहरु विपरीत दिशाबाट आइरहेको बा ३ ख ८३९६ नम्बरको बससँग ठोक्किए।

यो दुर्घटनामा टिपर चालक दोलखाको साविक शैलुंगेश्वर गाविसका ३२ वर्षीय दीपक तामाङ गम्भीर घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचारभइरहेको छ।

कार चालक धुलिखेल बस्ने विनय श्रेष्ठ नयाँबानेश्वर प्रहरी वृत्तको हिरासतमा छन् भने बस चालक फरार छन्।

More News last news
Loading...