काठमाडौँ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रका पहाडी जिल्लामा हल्का हिमपात हुने अनुमान छ।
पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेश बाहेकका ठाउँमा पनि मौसम आंशिक बद्ली भएको छ। पश्चिमी वायुको प्रभावका कारण भोलि पनि मौसम यस्तै रहने मौसमविद्ले बताएका छन्।
यस्तै चिसो बढ्न थालेसँगै तराईका जिल्लालगायत अन्य केही ठाउँमा बिहानको समयमा पातलो कुहिरो लाग्न थालेको छ।
मौसमविद्ले बिहान सबेरै गाडी चलाउने, कामका लागि हिँड्ने र मर्निङवाकमा निस्कनेलाई दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
