संक्रमण भएको २९ दिनपछि भट्टराई दम्पती कोरोनामुक्त

काठमाडौँ । पूर्वप्रधानमन्त्री एंव जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी पूर्वमन्त्री हिसिला यमी कोरोना संक्रमणमुक्त भएका छन्।

गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएका भट्टराई दम्पतीले एक महिना (२९ दिन) पछि आफूहरू दुवैले कोरोना जित्न सफल भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका हुन्।

Advertisement

ट्वीटरमार्फत् उनले भनेका छन्, “एक महिनापछि कोभिडसँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन। यो महाव्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ। अतः सबैले नियमित सुरक्षा विधि जारी राखौं ! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद !”

More News last news
Loading...