कोरोना संक्रमणबाट अछाममा स्वास्थ्यकर्मीकै मुत्यु

दैलेख । कोरोना संक्रमणका कारण अछाममा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

धनगढी घर भई अछामको तुर्माखाद गाउँपालिकाको रहफ स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव ५३ वर्षीय कपिल श्रेष्ठको मृत्यु भएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

Advertisement

उनले धनगढीमै कोरोना परीक्षण गराएको र कहिले कोरोना पुष्टि भयो भन्ने खुल्‍न बाँकी रहेको अछाम तुर्माखाँद गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बताए।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी श्रेष्ठ दशैँअगाडिबाट धनगढीमै रहेको र कोरोना संक्रमणपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा शुक्रबार मृत्यु भएको अछाम प्रशासनले जनाएको छ।

More News last news
Loading...