गैरकानूनी रुपमा नेपालमा बसेका विदेशीलाई देशनिकाला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गैरकानुनी रुपमा लामो समयसम्म नेपालमा बसोबास गरिरहेका विदेशीलाई देश निकाला गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सावर्जनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधिमन्त्री तथा प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन्।

Advertisement

निर्णय अनुसार हाल नेपालमा गैरकानुनी रुपमा बसोबास गरिरहेका ३ विदेशी नागरिकलाई निष्कासन गर्ने निर्णय गरिएको छ।

बैठकले अष्ट्रेलियन नागरिक मार्क लेस्ली डेन्गेट, यमन गणराज्यका नागरिकहरु मोहम्मद इस्माइल अहमेद ओवादी र नासिम इस्माइल अहमेद ओवादीलाई देश निकाला गर्ने निर्णय गरेको हो।

डेन्गेटले बुझाउनुपर्ने विलम्ब शूल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र अधिकतम जरिवाना ५० हजार समेत मिनाहा गरिएको छ भने मोहम्मद र नासिमले बुझाउनुपर्ने भिसा शुल्क दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शूल्क ५ हजार १ सय १० अमेरिकी डलर र अधिकतम जरिवाना १ लाख समेत मिनाहा गरिएको छ।

यस्तै, सरकारले नेपाल शहरीय शासकीय सुधार तथा पूर्वाधार आयोजनाका लागि विश्व बैंकबाट प्रस्तावित १५ करोड अमेरिकी डलरसहुलीयत सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको छ।

More News last news
Loading...