काठमाडौँ । उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ। गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना सङ्क्रमित थपिएका छन्।
शुक्रबार काठमाण्डौमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
काठमाडौँमा अहिलेसम्म ८१ हजार पाँच सय ८५ जनालाई सङ्क्रमण पुष्टि भएको छ। यसमध्ये ५० हजार चार सय १५ जना पुरुष रहेका छन् भने ३१ हजार एक सय ७० जना महिला रहेका छन्।
यस्तै ललितपुरमा ६ हजार पाँच सय ७३ जना पुरुष र पाँच हजार दुई सय ९९ जना महिलासहित ११ हजार आठ सय ७२ जनालाई सङ्क्रमण पुष्टि भएको छ।
यसैगरी भक्तपुरमा चार हजार एक सय १२ जना पुरुष र तीन हजार एक सय ९८ जना महिला गरी अहिलेसम्म सात हजार तीन सय १० जनालाई सङ्क्रमण पुष्टि भएको छ।
शुक्रबार देशैभर एक हजार नौँ सय ४५ जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
