चन्द्रागिरि हिल्सको आईपीओ प्रस्ताव स्वीकृत, १८ करोडको शेयर आउँदै

काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओ प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।

चन्द्रागिरिले आफ्नो चुक्ता पुँजीको १५ अर्ब ३४ करोड ९ लाख १० हजार रुपैंयाको १२ प्रतिशतले हुन आउने १८ करोड ४० लाख ९१ हजार रुपैंया बराबरको १८ लाख ५० हजार ९ सय १० कित्ता शेयर सर्वसाधारण्लाई बिक्री गर्न स्वीकृति दिएको हो।

Advertisement

गत कात्तिक २८ गते नै गरिएको स्वीकृतिलाई बोर्डले बिहीबार मात्रै सार्वजनिक गरेको हो। योसँगै चन्द्रागिरिले आह्वानपत्र प्रकाशन गरी शेयर निष्कासनको मिति तय गर्न सक्नेछ।

चन्द्रागिरिले आफ्नो शेयरको निष्कासनका लागि यही जेठ २५ गते निवेदन दिएको थियो। सो कम्पनीले आफ्नो बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ।

यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ। यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ।

More News last news
Loading...