सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्।
हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन्।
उनको टाउकोमा सामान्य चोट लागेको छ। शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्याइएको छ र प्रदेश अस्पातलामा उपचार भइरहेको छ।
उनको अवस्था सामान्य रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले बताए। ‘बाहिरी चोट खासै छैन। सिटी स्यानको रिपोर्ट आएपछि अरु कन्न सकिएला’ उनले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
