काठमाडौँमा मात्रै १५ हजार सक्रिय संक्रमित (तथ्याङ्कसहित)

काठमाडौँ । देशभर ३४ हजार ९०५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहँदा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेको स्वास्थ्य मन्त्रालयको ताजा तथ्यांकमा उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएपछि सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको हो। यस्तै काठमाडौंमा हालसम्म २६२ जनाले ज्यान गुमाएका छन्।

Advertisement

यस्तै भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन्। यस्तै ६९ जनाले ज्यान गुमाएका छन्।

यसैगरी ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ५५८ जना निको र २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै ६६ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७६८ पुरुष गरी १३३८ जनामा संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...