काठमाडौँ । नेपाल वायु सेवा निगमले अनलाइन टिकेटिङ सेवा सुरु गर्ने भएको छ।
सूचना प्रविधिको अहिलेको समयमा पनि अनलाइन टिकेटिङ सुरु नगरेको भन्दै आलोचना खेपिरहेको निगमले यसै आर्थिक वर्षभित्र अनलाइन टिकेटिङ सुरु गर्ने तयारी गरेको हो।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिले निगमले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेकाले अनलाइन टिकेटिङ सुरु गर्न गाह्रो भएको तर अब बिस्तारै पुरानो प्रणाली विस्थापन गरिने बताएका छन्।
२० वर्षको अग्रिम भुक्तानी दिएर पुरानो प्रणाली खरिद गरिएकाले एकैपटक पुरानो प्रणाली विस्थापन गर्न नसकिने तर बिस्तारै नयाँ प्रणाली ल्याउने उनको भनाइ छ।
महाप्रबन्धक पौडेलले भने, ‘यो ‘सिस्टम’ २० वर्षको अग्रिम भुक्तानी दिएर खरिद गरिएको रहेछ। त्यसैले ‘सिस्टम’ परिवर्तन गर्दा नेपाल एअरलाइन्सलाई ठूलो रकम नोक्सान पर्न जाने भएकोले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पूर्णरुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएका छौँ। अहिले हामीले राख्न प्रस्ताव गरेको नयाँ ‘सफ्टवेयर’मा अनलाइन ‘टिकेटिङ’, मोबाइल एप, मोबाइल पेमेन्ट, ई–कमर्सलगायतका सयौँ नयाँ फिचरहरु थपिने छन्।’
नेपाल एअरलाइन्सका सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन आफूहरु लागिपरेको पनि महाप्रबन्धक पौडेलको दाबी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
