पोखरा । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको छ। नेपाली कांग्रेसका नेता समेत रहेका उनको राति घरमै निधन भएको हो।
उनी लामो समयदेखि सुगर र प्रेसरका बिरामी थिए।
लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध उनी ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्च हुन्। उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए।
रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक उनको जलविद्युत क्षेत्रमा समेत ठूलो लगानी छ। उनी माछापुच्छ्रे बैंकका समेत पूर्व अध्यक्ष हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
