काँग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा, उपचारमा सहयोग गर्न काँग्रेसको माग

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

कोरोना पुष्टि भएपछि कात्तिक ९ गते वीर अस्पतालमा भर्ना गरिएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसपछि उनलाई थप उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको थियो। उनको फोक्सोमा निमोनिया देखिएको र श्वासप्रस्वासमा समस्या आएकोले भेन्टिलेटरमा राखेर उपचार भइरहेको कांग्रेसले जनाएको छ।

Advertisement

यसैबीच कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरी नेता विश्वकर्माको स्वास्थ्यका बारेमा जानकारी दिँदै उपचारका लागि विशेष आग्रह गरेका छन्।

उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा सदस्य विश्वकर्माको स्वास्थ्य उपचारका लागि गम्भीर बनेर सरकारको तर्फबाट आवश्यक सहयोग गरिदिन विशेष आग्रह गरेको कांग्रेस संसदीय दलले विज्ञप्तिमार्फत जनाएको छ।

त्यस्तै प्रमुख सचेतक खाणले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत टेलिफोन गरी नेता विश्वकर्माको उपचारका लागि सरकारबाट आवश्यक पहल गरिदिन आग्रह गरेका छन्।

More News last news
Loading...