पोखरामा ६०सहित गण्डकीमा थपिए ९८ कारोना संक्रमित

पोखरा । पोखरा महानगरपालिकाका ६० सहित गण्डकी प्रदेशमा शुक्रबार बिहान ९८ जना कोरोना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार बिहान पोखरा महानगरपालिकामा ६० सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

कास्कीको पोखरा महानगर, तनहुँ, स्याङजा, पर्वत, लमजुङ, गोरखा र नवलपुरमा गरी ९८ जनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ७ हजार १ सय ४५ पुगेको छ।

More News last news
Loading...