काठमाडौँ । सुनचाँदीको भाउ आज घटेको छ। दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो।
सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो। यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
