मेस्सीको गोलमा बार्सिलोना विजयी, युभेन्टस पराजित

काठमाडौँ । लियोनल मेस्सीको गोलमा च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसमाथि सहज जित हात पारेको छ।

समूह जी अन्तर्गतको बुधबार राति भएको खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० गोलले पराजित गर्‍यो।

Advertisement

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एकरएक गोल गरे।

डेम्बेलेले खेलको १४औँ मिनेटमा मेस्सीको असिस्टमा गोल गरे।

खेलको ८५औँ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दबाबमा परेको युभेन्टसले ९१औँ मिनेटमा अर्को गोल खायो।

९१औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै मेस्सीले बार्सालाई २–०को जित दिलाए।

जितपछि बार्सिलोना समूह जीमा दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ भने भने युभेन्टसको २ खेलमा ३ अंक रहेको छ।

युभेन्टस कोरोना संक्रमणका कारण क्रिस्टियानो रोनाल्डो बिना खेलेको थियो।

 

More News last news
Loading...