ब्रुनाईका ३८ वर्षीय राजकुमारको निधन, ७ दिन राष्ट्रिय शोक घोषणा

काठमाडौँ । ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको ३८ वर्षको उमेरमा शनिबार निधन भएको छ।

सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिएका अजिम ब्रुनाईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो छोरा हुन्।

Advertisement

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनाईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ।

More News last news
Loading...