आईपीएलमा चेन्नई १० विकेटले पराजित, मुम्बई उक्लियो शिर्षस्थानमा

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रबारको खेलमा मुम्बई इन्डियन्स बिजयी भएको छ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंग्सलाई मुम्बइले १० विकेटले पराजित गरेको हो।

Advertisement

आईपीएलको ४१ औं खेल अन्तर्गत भएको शुक्रबारको खेलमा बिजयी भएको मुम्बईले आफूलाई अंक तालिकाको पहिलो स्थानमा पनि पुर्याएको छ।

टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाउन सफल भएको थियो ।

चेन्नईका ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिएका थिए ।

त्यस्तै इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । त्यसपछि मुम्बाईले जितको लागि १ सय १५ रनको लक्ष्य पाएको थियो ।

जसलाई मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सजिलोसँग पूरा गरेको थियो।

उसकालागि जितमा ईशान किशनले ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहेका थिए।

क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे । नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरे।

More News last news
Loading...