काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ।
कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो।
फिफाले पछिल्लो पटक बिहीबार जारी गरेको वरियतामा नेपाल १ सय ७० औं स्थानमा कायमै छ। कोरोनाका कारण चैत्रयता फुटबल प्रतियोगिता हुन पाएको छैन।
नेपालले आउँदो महिना भने बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ। दक्षिण एशियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ।
नेपालभन्दा अगाडि भारत १ सय ८ औं स्थानमा छ। यस्तै माल्दिभ्स १ सय ५५, भुटान १ सय ८९, बङ्गलादेश एक १ सय ८७, श्रीलङ्का २ सय ६ तथा पाकिस्तान २ सय औं स्थानमा छ।
विश्व वरियताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ। फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरियताका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
