काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख ६० हजार नजिक पुगेको छ।
पछिल्लो २४ घण्टामा ५४ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन्। ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ।
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
