वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि ७३ वर्षिय पौडेलमा सामान्य रुघाखोकी देखिएपछि बुधबार स्वाब परीक्षण गरिएको थियो।

‘बिहीबार दिउँसो कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ दाहालले भने।

उनका अनुसार मुख्यमन्त्री पौडेल हाल हेटौंडा–२ स्थित मुख्यमन्त्री निवासमै आइसोलेसनमा छन्। ‘सामान्य रुघाखोकीबाहेक उनमा अन्य कुनै स्वास्थ्य समस्या छैन,’ उनले भने।

More News last news
Loading...