स्याङ्जा । स्याङ्जाको हरिनास हरिनास गाउँपालिका ३ साबिक मग्याम चिसापानीबाट करिब ३० जना नेता, कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
नेकपाका नेता नन्द बहादुर गुरुङको नेतृत्वमा ३० जना नेता, कार्यकर्ता सत्तारूढ नेकपा छाडेर काँग्रेसमा प्रवेश गरेकाे नेबिसँघ स्याङ्जाका जिल्ला अध्यक्ष अजित क्षेत्रीले जानकारी दिए।
उनीहरूलाई संविधानसभा सदस्य एवं युवा नेता राजु थापा, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत प्रसाद लम्साल, पुर्ब क्षेत्रीय सभापती गोपाल ढकाल लगायतले स्वागत गरे।
नेकपा सत्तामा रहेर पनि जनताकाे भावना बुझ्न नसकेकाे भन्दै उनीहरू काँग्रेसमा प्रवेश गरेका हुन्। उनीहरू संविधान सभा सदस्य थापा लगायतकाे पहलमा काँग्रेस प्रवेश गरेका हुन्। पछिल्लाे समय जिल्लामा काँग्रेस प्रवेश गर्नेकाे लर्काे नै लागेकाे छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
