आजपनि बढ्यो सुन, तोलाको कति ?

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ।

सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

आइतबारदेखि तीन दिन स्थिर रहँदै आएको सुन तोलाको ९४ हजार ७ सय रुपैयाँ थियो।

यस्तै चाँदी आज तोलामा ३० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

More News last news
Loading...