काठमाडौं । दशैं बिदाका पाँच दिन बैंकहरुको सम्पूर्ण शाखा बन्द हुने भएको छ।
नेपाल बैंकर्स संघले सूचना जारी गरी हरेक दिन कोभिड-१९ संक्रमित कर्मचारी बढिरहेको भन्दै दशैं बिदाका बेला बैंकहरु बन्द गर्ने निर्णय गरेको जनाएको हो।
संघका अनुसार कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गते टीकाको भोलिपल्टसम्म बैंकका शाखाहरु बन्द हुनेछन्।
यसअघि बैंकहरुले ३ सय ६५ दिने काउन्टरबाट सेवा दिँदै आएका थिए भने निश्चित अवधिका लागि दशैं बिदाका बेला पनि शाखा खुल्ने गर्दथ्यो।
संघका अनुसार, वाणिज्य बैंकहरुका ३७ सयभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने र एटीएम सञ्चालन हुने जनाएको छ।
संघले कोरोना संक्रमण जोखिमबाट जोगिन डिजिटल बैंकिङको प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
