गण्डकीमा बुधबार बिहानै थपिए १८ संक्रमित, ज्यान गुमाउनेको संख्या ५७ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा बुधबार बिहान १८ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशको गोरखा जिल्लाका १ जना तनहुँमा २ जना र नवलपुरमा १५ जना गरी १८ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

संक्रमण पुष्टि हुनेहरुमा गोरखाको सुलिकोट ६ की १ महिला, तनहुँ आबुखैरेनी १ की १ महिला, देवघाट ८ की १ महिला, नवलपुर गैंडाकोटका ८ पुरुष तथा ३ महिला र कावासोती का २ पुरुष तथा मध्येविन्दु का २ पुरुष तथा १ महिलामा कोरोना पुष्टि भएको छ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ पुगेको छ।

गण्डकी प्रदेशमा मंगलबार पोखरा महानगरका ३७ र मादी गाउँपालिकाका १ गरि कास्कीका ३८ जना सहित १२७ कोरोना संक्रमित थपिएका थिए।

मंगलबार थप ७४ जना डिस्चार्ज भएसँगै प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६ सय ७९ पुगेको छ।

थप २ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट थप दुई पुरुषको मृत्यु भएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा म्याग्दीको धौलागिरी–७ का ८५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति ८:२५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

त्यस्तै नवलपुर गैंडाकोट–७ का ५० बर्षीय पुरुषको मिति मंगलबार बिहान ९:५६ बजे चितवन मेडिकल कलेज चितवनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको निर्देशक डा. शर्माले जानकारी बताए।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।

More News last news
Loading...