काठमाडौँ । आज (बुधबार) नेपालका दुइ प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।
देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
बुधवार दिउँसो प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधवार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
