अनिल खनालको संगीत र नरेन्द्र प्यासीको स्वर रहेको गीत ‘कस्तो यो खेल’ सार्बजनिक (भिडियो)

काठमाडौँ । गीत लेखन तथा संगीतमा ख्याती कमाइसकेका सर्जक अनिल खनालको संगीतमा भर्खरै मात्र एक निकै मन छुने आधुनिक गीत “स्मृति” एल्बममा समाबेस “कस्तो यो खेल” सार्बजनिक भएको छ।

गीतलाई गणेश बाबु अधिकारी, हिमाल गौतम हिमुले लेखेका हुन्। गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोग बोलेको छ। गीतलाई नरेन्द्र प्यासीले स्वर बद्ध गरेका छन्।

Advertisement

“कस्तो यो खेल” बोलको गीतको म्युजिक भिडियोमा सनम कठाएत, सम्झना गौतम र माला कुँवरको अत्यन्त मन छुने अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन बनोद बमले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन निर्देश स्वयम् बिनोद बमले गरेका छन्।

यस्तो छ गीतको म्युजिक भिडियो

More News last news
Loading...