काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना कोरोना संक्रमित थपिएको जनाएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको बताएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९४ हजार ५ सय १ जना पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
