ललितपुरपछि भक्तपुरमा पनि अत्यावश्यक बाहेकका सेवा प्रवाह स्थगित

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेसँगै स्थानीय प्रशासनले धमाधम सेवा प्रवाह स्थगित गर्न थालेको छ ।

शुक्रबार जिल्ला प्रशासनकार्यालय ललितपुरले आइतबारदेखिलागू हुनेगरी अत्यावश्यक बाहेकको सेवा प्रवाह स्थगित गरेकोमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ।

Advertisement

‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा कात्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा प्रवाह स्थगित गरिएको छ’, जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा भनिएको छ।

हालसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने यसबारे केही निर्णय गरेको छैन।

More News last news
Loading...