गण्डकी प्रदेश सरकारको अब आफ्नै क्रिकेट मैदान बन्ने

पोखरा । आफ्नै लगानीमा प्रदेश सरकारले अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भएको छ। टुरिजम सँगसँगै गण्डकी प्रदेशलाई स्पोर्टस् हब पनि बनाउने उद्देश्य अनुरुप प्रदेश सरकारले क्रिकेट मैदान तयार पार्न थालेको हो।

पोखरा २२ पशुपतिघाटमा करिबन १२३ रोपनी जग्गामा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बन्ने छ। क्रिकेट मैदानको जग्गा प्राप्तिका लागि झण्डै २ वर्ष लागेको थियो। गत असारमा डिपिआर तयार पार्न काठमाडौंको बिआरएस सोलुसनलाई जिम्मा दिइएको थियो । अहिले डिपिआर पनि तयार भई सकेको छ।

Advertisement

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले प्रदेश सरकारको प्राथमिकतामा परेको योजना अन्र्तराष्ट्रियस्तरको क्रिकेट मैदान तयार हुँदा प्रदेशबासीले गौरव गर्न लायकको हुने बताए।

’योजना त अब प्रदेशको प्राथमिकता प्राप्त योजना हो। अन्र्तराष्ट्रिय स्तरको खेलमैदान भनेपछि बजेट धेरै नै लाग्छ। पूर्वाधार बनाउनु प-यो सुरुमा अनि खेलमैदानका पूर्वाधार बन्नु पर्यो,’ उनले भने।

मैदानको लागि डिपिआरको काम सकिई सकेको छ। तर, काम सुरु हुनु अघि जग्गा संरक्षण गर्नुपर्ने देखिएको उनले सुनाए। नदीबाट जग्गा संरक्षण हुनुपर्छ। नदीबाट जग्गा कटान हुन नदिने पहिला जग्गा संरक्षणको कामलाई अघि बढाइने उनले सुनाए।

क्रिकेट मैदानको लागि प्रदेश सरकारले पहिलो चरणमा २ करोड रुपैया छुट्याएको छ। ‘अहिलेको हाम्रो बजेट भनेको २ करोड रुपैयाँको हो। २ करोडलाई पहिलो प्राथमिकतामा केलाई राख्ने र नपुग रकम प्रदेश सरकार स्रोत संकलनको लागि लागेको छ,’ उनले भने।

More News last news
Loading...