स्याङ्जा प्रवेश गर्न पिसिआर अनिवार्य

वालिङ । स्याङजा प्रवेशका लागि कात्तिक १ देखि पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले विज्ञप्ति जारी गर्दै ७२ घण्टाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने जनाएका छन्।

Advertisement

पीसीआर रिपोर्ट दिन नसक्ने व्यक्ति क्वारेन्टिनमा बसेर मात्रै घर जान पाउने आदेशमा भनिएको छ।

जो जहाँ छ, त्यहीँ बसेर चाडपर्व मनाउन पनि प्रशासनले सर्वसाधरणसँग अपिल गरेको छ।

दसैं लगायतका चाडपर्वमा नागरिकको आवतजावत बढ्न जाँदा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै यस्तो निर्णय गरिएको हो।

More News last news
Loading...