सोह्रखुट्टेमा ग्यास विस्फोट हुँदा ११ जना घाइते, वरपरका घरमा पनि क्षति

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ।

Advertisement

घाइते ११ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ। विस्फोटपछि घरमा आगलागीसमेत भएको थियो, अहिले आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक रामकुमार घिमिरेले जानकारी दिए।

ग्यास सिलिण्डर विस्फोटबाट वरपरका सात वटा घरका सिसा फुटेका र भित्ता चर्किएका पनि उनले जानकारी दिए ।

More News last news
Loading...