कोरोनाको दोस्रो लहरका कारण फ्रान्सका ९ शहरमा कर्फ्यू, उठाइँदैछ नयाँ कदम

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले कोरोनाको बढ्दो संक्रमणमाथि नियन्त्रण पाउनका लागि राजधानी पेरिससमेत ९ शहरमा राती ९ बजेदेखि बिहान ६ बजेसम्म शहरका मानिसहरु आफ्नै घरमा बस्नुपर्ने बताएका छन्।

म्याक्रोंले टिभीमा दिएको एक अन्तर्वार्तामा शनिबारदेखि यी ९ शहरमा राती कर्फ्यू लगाइनेछ जुन कम्तीमा चार हप्तासम्म चल्ने जानकारी दिएका छन्। फ्रान्सले देशमा स्वास्थ्य संकटकाल पनि घोषणा गरेको छ।

Advertisement

बुधबार कोरोनाका २२ हजार ९ सय ५१ नयाँ संक्रमित भेटिएका छन्। पूरा युरोपमा कोरोनाको दोस्रो लहरसँग जुध्नका लागि सरकारले थुप्रै प्रतिबन्ध लागू गरिरहेको छ।

नेदरल्याण्डमा स्थानीय समयानुसार राती १० बजेदेखि आंशिक लकडाउन लागू गरिएको छ। यसअघि बुधबार स्पेनको उत्तर–पूर्वी क्षेत्र केटालोनियाले बिहिबारदेखि बार र रेष्टुरेन्ट अबको १५ दिनका लागि बन्द गर्न लागिएको जानकारी दिएको छ।

चेक गणराज्यमा पनि स्कूल र बार बन्द गरिएको छ। पछिल्लो दुई हप्तामा युरोपमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन्।

पछिल्लो दुई हप्तामा चेक गणराज्यमा हरेक एक लाख जनसंख्यामा ५८१.३ कोरोना संक्रमित देखिएका छन्। पूरा यूरोपमा कोरोना संक्रमण दरमा वृद्धि भइरहेको छ। रुसमा बुधबार १४ हजार ३२१ नयाँ संक्रमित भेटिएका छन् भने २३९ जनाको मृत्यु भएको छ।

फ्रान्समा उठाइँदैछ नयाँ कदमः

राष्ट्रपति म्याक्रोंले मार्च-अप्रिलमा जब कोरोना फैलिएको थियो, त्यसको तुलनामा कोरोनाको यो ताजा लहर पूर्ण रुपमा अलग छ किनभने त्यतिबेला पूरा फ्रान्समा भाइरस फैलिएको थियो।

राजधानी पेरिससमेत कूल ९ शहरमा राती कर्फ्यू लगाइँदैछ। राष्ट्रपतिले सुरुमा यो कर्फ्यू चार हप्ताका लागि जारी रहनेछ र त्यसपछि सरकारले यसलाई ६ हप्तासम्म बढाउने कोसिस गर्नेछ।

More News last news
Loading...