काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ६६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार, २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ।
यो सँगै कोरोना निको हुनेको जम्मा संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए।
हाल नेपालमा संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
