काठमाडौँ । काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्रीय हब बन्दै गएको छ।
ठूलो संख्यामा संक्रमित थपिदै गएपछि देशको केन्द्रीय राजधानीलाई कोरोना बमको रुपमा समेत हेरिन थालिएको छ।
सोमबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं सहित मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, चितवन, भक्तपुर र रुपन्देही कोरोना भाइरसको रेड जोनमा रहेको जानकारी दिए। पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई मन्त्रालयले रेडजोनमा राख्दै आएको छ।
नेपालका ७७ वटा जिल्ला मध्ये हाल एउटा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या शून्य रहेको छ। हाल मनाङ मात्रै संक्रमणमुक्त रहेको प्रवक्ता गौतमले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
