एजेन्सी । चीनको क्विन्गदाओ शहरले पाँच दिन भित्र त्यहाँ रहेका नब्बे लाख वासिन्दाको कोभिड १९ परीक्षण गराउने भएको छ।
विदेशबाट फर्केका करिव एक दर्जन मानिस कोरोना भाइरस संक्रमणको उपचार गराउनन अस्पतालमा भर्ना भएपछि चीन सरकारले आम परिक्षण कार्यक्रम अघि सार्न लागेको हो।
गत मे महिनामा कोरोना भाइरसको शुरुवात भएको हुवेइ प्रान्तको एक करोड दस लाख जनसंखया भएको उहान शहर यस महामारीको केन्द्रबिन्दू नै बनेको थियो।
चीनले कोरोना भाइरस महामारीलाई करिव करिव नियन्त्रणमा ल्याउन सफल भएको थियो। जबकी अहिले पनि विशवका अन्य मुलुकहरुमा संक्रमणको दर बढने क्रम र लकडाउन जारी नै रहेको पाइन्छ।
चिनियाँ सामाजिक संजाल वेइवोमा राखिएको विज्ञप्तिमा क्विन्गादाओ महानगर स्वास्थ आयोगले छ जना नयाँ संक्रमित र तथा अन्य छ जना लक्षण देखिनसकेका संक्रमित फेला परेको जनाइएको छ।
चिनिया सरकारी मुखपत्र दि ग्लोबल टाइमससले सम्पूर्ण संक्रमित घटनाको एउटै अस्पतालसँग मात्र सरोकार रहेको जनाएको छ।
आयोगले पाँचवटा जिल्लामा कोरोना परिक्षण कार्यक्तम शुरु भइसकेको र पाँचदिन भित्र शहरभरिको परिक्षण कार्य सकिने पनि जानकारी दिएको छ।
साथै आयोगले यस परिक्षणको दौरान करिव एक लाख चौध हजार आठ सय ६२ जनामा भाइरस नेगेटिभ देखिएको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
