लिबियाबाट अपहरित सात भारतीय मुक्त

एजेन्सी । लिबियाबाट अपहरणमा परेका सात जना भारतीय नागरिक अपहरण मुक्त भएका छन्।

ट्युनिसियाका लागि भारतीय राजदूतका अनुसार अपहरणमा परेका सात जना भारतीय नागरिकलाई आइतबार अपहरणकारीले मुक्त गरेका हुन्।

Advertisement

उनीहरु लिबियाको आसेरिफ भन्ने ठाउँबाट गत सेप्टेम्बरको १४ तारिखमा अपहरणमा परेका थिए। उनीहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका नागरिक रहेका पनि उनले बताए।

भारतले गत बिहीबार मात्र आफ्ना नागरिकहरु अपहरणमा परेका जनाएको थियो। त्यसपछि ट्युनिसियामा रहेको भारतीय दूताबासले उनीहरुको खोजी शुरु गरेको थियो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले आफ्ना नागरिकहरु लिबियामा अपहरणमा परेका र उनीहरुको खोजी कार्य जारी रहेको जानकारी गएको बिहीबार मात्र दिएको थियो।

लिबियामा भारतको राजदूताबास नरहेकोले ट्युनिसियामा रहेको दूताबासबाट उनीहरुको बारेमा खोजी थालिएको थियो।

More News last news
Loading...