काठमाडौँ उपत्यकामा मात्रै २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप दुई हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा एक हजार ८ सय ८८, ललितपुरमा २ सय ७७ र भक्तपुरमा १ सय १८ जना संक्रमित देखिएको जानकारी दिए।

Advertisement

पछिल्लो २४ घण्टामा जम्मा १४ हजार ५ सय ३० पीसीआर परीक्षण भएका छन्। आज देशभर ४ हजार ४७ जना संक्रमित भएका छन् । यस अनुसार देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ। होम आइसोलेसनमा रहनेको संख्या १९ हजार ९ सय ५७ रहेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ७३ जना घर फर्किएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ। २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ।

More News last news
Loading...