काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेडयुनियन महासंघ र ट्रेडयुनियन फेडरेशनबीच आज एकता समायोजन भएको छ।
कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाकोे नेतृत्वमा सयौँ श्रमिकहरु समाजवादी ट्रेडयुनियन महासंघमा समाहित भएका छन्।
एकता समायोजन कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्षउपेन्द्र यादवले समायोजन भएका युनियमा आवद्ध श्रमिक नेताहरुलई स्वागत गरेका थिए।
कार्यक्रममा अध्यक्ष यादवले अबको बैकल्पिक श्रमिकहरुको शक्ति समाजवादी ट्रेडयुनियन महासंघ बन्ने निश्चित रहेको भन्दै व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न निर्देशन दिए।
जसपा नेपालका नेता राजेन्द्र श्रेष्ठले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरुको मुख्य भूमिका रहने भन्दै जसपा श्रमिकका पक्षमा सँधै साथमा रहने बताए।
पूर्व नेपाल ट्रेड युनियन फेडरेशनका सह-अध्यक्ष नारायण थापाले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै जसपा तथा महासंघले श्रमिकका मुद्दालाई गम्भिरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
