गोविन्द केसी पक्षसँग थप वार्ता नगर्ने सरकारको संकेत

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । सरकारले डा. गोविन्द केसीको सत्याग्रहलाई बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

सत्याग्रही डा. गोविन्द केसीको अनशन २७ दिन पुग्दासम्म पनि सरकारले केवल औपचारिकताका लागि मात्र वार्ता गरेको निष्कर्ष निकाल्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको हो।

Advertisement

संघले एक विज्ञप्ति जारी गर्दै आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ।

आइतबार पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा कडा भन्दा कडा आन्दोलन गर्ने संघले विज्ञप्तिमा जनाएको छ।

डाक्टर केसी पक्षसँग थप वार्ता नगर्ने सरकारको संकेत

सरकारले डाक्टर गोविन्द केसी पक्षसँग थप वार्ता नगर्ने संकेत गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्तीमार्फत डाक्टर गोविन्द केसीले उठाएका धेरैजसो माग पूरा भइसकेको दाबी गर्दै उनलाई अनसन तोड्न आग्रह गरेको छ ।

डाक्टर केसीसँग बिहीबार र शुक्रबार वार्ता गरिएको र उनका धेरै माग पूरा भइसकेका र केहि पूरा हुने अवस्थामा रहेको जानकारी गराइसकेको भन्दै मन्त्रालयले अनसन तोड्न आग्रह गरेको हो।

चिकित्सा शिक्षा ऐन २०७५ र नियमावली जारी भएको, बर्दिवास, बुटवल, सुर्खेत लगायतका स्थानमा सरकारी मेडिकल कलेज स्थापनाको क्रम सुरु भएको, विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा पदाधिकारी नियुक्तीको लागि मापदण्ड निर्धारण समिति तथा कार्यदलका प्राप्त भएर कार्यान्वयको चरणमा रहेको पनि मन्त्रालयको दाबी छ ।

More News last news
Loading...