काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौँमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो।
पछिल्लो २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन्।
२४ घण्टाको अध्यावधिक विवरणमा शुक्रबार उपत्यका १४ सय ९ जनामा संक्रमण पुष्टि भएको थियो। देशभर शनिबार ५ हजार ८ जना संक्रमित थपिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
