काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको छ । प्रभु गुरुङले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो लण्डनका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।
बेलायत निवासी संचारकर्मी तथा कलाकार संजयभक्त कंडेल र प्रवासमा बसेर निरन्तर गीत रचनामा क्रियाशिल मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै चर्चा छाएको छ ।
यही गीतमार्फत डेब्युगरेकी मिसेस नेपाल यूके २०१८ सेकेण्ड रनर अप सविना श्रेष्ठ थापा, संचारकर्मी तथा कलाकार संजयभक्त कंडेल र नव कलाकार तथा संचारकर्मी रीना भण्डारीले भिडियोमा सुन्दर अभिनय गरेका छन् ।
बेलायतमै बसोबास गरिरहेका कलाकारहरुले गीतमार्फत मित्रता, प्रेम र रोमान्सको कथालाई गज्जबले उजागर गरेका छन् ।
पुप्रण प्रोडक्सन युकेको युट्यूब च्यानलमार्फत सार्वजनिक भएको भिडियोलाई सुशील गुरुङले सम्पादन गरेका हुन् भने कोरियोग्राफी निर्देशक स्वयमले गरेका छन् ।
यस्तो छ गीतको म्युजिक भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
