काठमाडौँ । नेपाली काँग्रेस (वीपी) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शुक्रबार काँग्रेस (वीपी)को बैठकले १४ बुँदे निर्णय गर्दै केन्द्रीय समिति बैठक सम्पन्न गरेको हो।
बैठकले निर्मला पन्त, सम्झना कामी लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछि भएका हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हँदै सम्मको कारबाही गर्न माग गरेको छ।
यस्तै बैठकले, लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग र हुम्ला लगाएत भारत र चिनसँग जोडिएका सिमासम्बधी विवाद समाधान गर्न अभिलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद गर्न पनि माग गरिएको छ।
यस्ता छन् बैठकका १४ बुँदे निर्णय
१) निर्मला पन्त, सम्झना कामि लगायत मुलुकमा भएका बलात्कार र बलात्कार पछी हत्याका श्रृखंला अन्त्य गर्न दोषी पत्ता लगाई हदै सम्मको कारबाही गर्न माग गर्दछ।
२) लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समेटिएको नक्सालाई अन्तिमरुप दिन भारतसँग अभिलम्ब वार्ता यदि वार्ता हुन नसके अन्तराष्ट्रिय करण गर्न सरकारसँग माग गर्दछ।
३) हुम्ला लगाएत भारत र चिनसँग जोडिएका सिमासम्बधी विवाद समाधान गर्न अभिलम्ब छिमेकी मित्र राष्ट्रसँग संवाद गर्न माग गर्दछ।
४) गैरकानुनी ढंगले अंगिकृत नागरिकता वितरण भएकोले अंगिकृत नागरिकता छानबिन आयोग गठन गरि गैरकानुनी नागरिकता खारेज गर्न माग गर्दछ।
५) मुलुकमा भ्रष्टाचार (वाइडबाडी, एनसेल, ३३ किलो सुन, ललिता निवास, ओम्नी, यति होल्डीङस लगाएत) भ्रष्टाचार र सरकारका जनविरोधी क्रियाकलापका विरुद्व राष्ट्रव्यापी आन्दोलन घोषणा गर्ने निर्णय भयो।
६) नेपाल सरकारले डा. गोबिन्द के. सी. सँग वार्ता गरि संझौतालाई पूर्णरुपमा कार्यान्वयन गरि अन्तिम अनशन बनाउन तथा कुलमान घिसिङलाई पुर्न विद्युत प्राधिकरणको निर्देशमा नियुक्त गर्न माग गर्दछ।
७) विगत ९ बर्ष देखि अनशनरत्त गंगामाया अधिकारीको माग सम्बोधन गर्न र उनका छोरा नुरप्रसाद अधिकारीलाई रिहाई गर्न माग गर्दछ।
८) २०७२ सालको संविधान अनुसार भएको आमा निर्वाचनमा पराजित नेताहरुलाई चोर बाटो प्रयोग गरि राष्ट्रिय सभामा लागिएकोले सम्माननीय सर्वोच्च अदालतमा मुद्दा दायार भएकोले संविधानको मूल मर्म सहिरुपमा व्याख्या गर्न ध्यानाकर्षण गर्ने निर्णय गरियो।
९) वेपत्ता तथा सत्यनिरुपण मेलमिलाप आयोग अभिलम्ब गठन गर्न माग गर्दछ।
१०) भूकम्प पिडित र बाढी पहिरो पीडितहरुलाई दिन छुट्याइएको राहात रकम अभिलम्ब वितरण गर्न माग गर्दछ।
११) कोरोना संक्रमणको नाममा तिनै तहका सरकारको आम्दानी र खर्च विवरण सार्वजनिक गर्न माग गर्दछ।
१२) आपत्त विपत्तमा भगवानलाई पुकार गर्ने हुदाँ नेपाल सरकारले बन्द गरेको धार्मिकस्थलहरु अभिलम्ब खुल्ला गर्न माग गर्दछ।
१३) २०७७ सालको विजया दशमी, दीपावली, छठ पर्वहरुको सुखद उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्विको शुभकामना व्यक्त गर्दछ।
१४) प्रजातान्त्रिक आन्दोलनका अथक योद्वा नेपाली काँग्रेस पुर्व कोषाध्यक्ष रामबाबु प्रसाईको असामायिक निधनको खबर बैठक बस्दै गर्दा प्राप्त भएकोले हामीलाई स्तब्ध बनाएको छ । उहाँको देहावसानले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठुलो क्षति पुगेको छ । यस दु:खद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक शन्तप्त परिवाजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
