आज पनि घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज शनिबार पनि अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकेको छ। हिजो डलरको खरिददर मूल्य ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ रहेको छ।

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १३७ रुपैयाँ ७४ पैसा छ भने बिक्रीदर मूल्य १३८ रुपैयाँ ४४ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५१ रुपैयाँ ८ पैसा छ भने बिक्रीदर मूल्य १५१ रुपैयाँ ८५ पैसा छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...