काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको सङ्ख्या एक लाख ६ सय ७६ पुगेको हो । शुक्रबार १३ हजार ९ सय ७९ जनाको नमुना परीक्षण गरिएको हो।
त्यस्तै, गत २४ घण्टामा एक हजार ६ सय ८० जना निको भएर घर फर्किएका छन् । यो सँगै देशभर कोरोना निको हुनेको जम्मा संख्या ७३ हजार २३ पुगेको छ।
अहिले देशभर २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा छन्।
ज्यान गुमाउनेको संख्या ६०० पुग्यो
देशभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० जना संक्रमितको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्द्या ६०० पुगेको हो । ज्यान गुमाउनेमा सबैभन्दा धेरै काठमाडौँका रहेका छन्।
काठमाडौँमा शुक्रबारसम्म १२३ जनाको ज्यान गएको छ भने धेरै ज्यान गुमाउने जिल्लामा मोरङमा ३७, ललितपुर ३३, रुपन्देही २८, भक्तपुर २५ र पर्सा ४६ पर्दछन् ।
देशभर हालसम्म ११ लाख ४५ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
