पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन्।

Advertisement

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन्।

More News last news
Loading...