काठमाडौँ । आज साताको चौथो दिन अर्थात बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ।
आज प्रतितोला ८ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
