थापाथली प्रसूति गृहमा एक महिलाले दिइन एकै साथ ५ शिशुको जन्म

काठमाडौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले एकै साथ पाँच शिशु जन्माएकी छिन् ।

उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्म दिएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रले जानकारी दिइन्। तीमध्ये एक शिशु मृत जन्मिएका छन्। बाँकी चार भने सकुशल छन्।

Advertisement

उनका अनुसार अहिले आमा र शिशुको अवस्था सामान्य नै रहेको छ।

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन्। जीवित शिशुमा चार जना छोरी हुन्। ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ।

डा. मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो।

More News last news
Loading...