काठमाडौँ उपत्यकामा एकै दिन थप १५ सय ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँमा १३ सय ७३, ललितपुरमा १८७ र भक्तपुर ३९ जना गरी कूल १५ सय ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

Advertisement

पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएका छन्। हालसम्म १० लाख ७४ हजार ४४८ परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर थप २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमित भने २२ हजार २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

More News last news
Loading...